US Khabar

‘अडियो नै आइसक्यो, अब अख्तियारले उजुरी कुर्नु पर्दैन’

- | ४ वर्ष पहिले प्रकाशित

‘अडियो नै आइसक्यो, अब अख्तियारले उजुरी कुर्नु पर्दैन’

 काठमाडौं :  अख्तियार दुरुपयोग अनुसन्धान अयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले कमिशन मागेको अडियो सार्वजनिक भएपछि छानबिन अघि बढाउन अख्तियारले उजुरी कुर्नु नपर्ने बताएका छन्।

अन्नपूर्ण अनलाइनसँग संक्षीप्त कुरा गर्दै उपाध्यायले भने, ‘कमिशन डिलको अडियो सार्वजनिक भइसकेपछि मन्त्रीजीले छानबिनका लागि आफूलाई खुला राख्नुपर्छ र सघाउनुपर्छ ।’ उपाध्यायले अनुसन्धान निकायले पनि यस्तो विषय सार्वजनिक भएपछि तत्काल छानबिन अघि बढाउनुपर्ने बताए । उनले भने, ‘अब अनुसन्धान निकायले पनि आफ्नो प्रक्रिया तत्काल अघि बढाउनुपर्छ । नत्र प्रमाण लोप हुने खतरा हुन्छ ।’

उजुरी नपरे पनि अख्तियारले यस्ता विषयको छानबिनमा ढिलाइ गर्न नहुने बताउँदै उनले भने, ‘यसरी सार्वजनिक रुपमा विषय आइसकेपछि उजुरी पर्नु पर्दैन। सार्वजनिक रुपमा आएका विषयलाई नै आधार मानेर छानबिन अघि बढाउनसक्छ अख्तियारले।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">