नेपालमा कोरोना संक्रमितको संख्या ५९१ पुगेको छ । शनिबार दाङ, रुपन्देही र कपिलवस्तुका ७ जनामा कोरोना पुष्टी भएसंगै संक्रमितको संख्या ५९१ पुगेको हो ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको पीसीआर परीक्षणमा शनिबार कोरोना पुष्टी भएका मध्य ३३ बर्षिय युवक दाङका रहेका छन् । दाङ घर भै हाल गुल्मीको मदानेमा डेरा गरी बस्दै आएका यि युवक गुल्मीकै एक बैंकमा कार्यरत रहेको बताईएको छ ।
बाँकी ६ जना संक्रमित मध्य ३ जना भने रुपन्देहीको गैडहवा गाउँपालिकाका हुन् भने बाँकी ३ जनाको बिबरण आउन बाँकी नै छ ।
प्रतिक्रिया