पूर्वी रोल्पाको सुनिल स्मृति गाउँपालिकाका वडा नं. ४ का वडाध्यक्ष गाउँपालिका अध्यक्षबाटै कुटिएका छन् । कार्यपालिका बैठकमै अध्यक्ष गुणेन्द्र घर्तीमगरले वडाध्यक्ष गञ्जबहादुर महरा क्षत्रीलाई कुटेका हुन् । १४ औं कार्यपालिका बैठकमा लकडाउनको अवधिमा बैंकहरु खुलाउने दिनबारे छलफल भइरहेको थियो । वडाध्यक्ष क्षेत्रीले अध्यक्षले आफूलाई टाउको र जिउमा हिर्काएको जानकारी दिए ।
घटनापछि वडाअध्यक्ष क्षत्रीले इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन् । अध्यक्ष घर्तीमगर तत्कालीन नेकपा माओवादीका तर्फबाट निर्वाचित भएका थिए भने वडाअध्यक्ष क्षत्री कांग्रेसबाट निर्वाचित भएका हुन् ।
प्रतिक्रिया