नेपालमा थप ९ जना जनामा कोरोना पुष्टि भएको छ । नयाँ संक्रमितमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा परिक्षण गरिएका मकवानपुर र भक्तपुरका एक एक जना महिला, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परिक्षण गरिएका सप्तरीका एक पुरुष तथा हेटौडा प्रयोगशालामा परिक्षण गरिएका बाराका ६ जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोनाबाट अहिलेसम्म तीन जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ५१६ पुगेको छ । जसमा पुरुषको संख्या ४४० र महिला ७६ छन् ।
अहिलेसम्म ७० जना संक्रमित ठिक भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालगन्जका २१ जना शुक्रबार डिस्चार्ज भएसँगै कुल डिस्चार्जको संख्या ७० पुगेको हो ।
कुन प्रदेशमा कति संक्रमित ?
प्रदेश १ मा ८५ जना, प्रदेश २ मा १५८, बाग्मती प्रदेशमा ३०, गण्डकी प्रदेशमा ५, प्रदेश ५ मा २२७, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिममा १० जनामा कोरोना संक्रमण देखिएको छ ।
प्रतिक्रिया