टी-२० विश्वकप: आज भारत र पाकिस्तान भिड्दै

अमेरिका र वेस्टइन्डिजमा जारी टी–२० विश्वकप अन्तर्गत आज राति चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान आमने सामने हुँदै छन् । समूह ए अन्तर्गत यो खेल नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा राती सवा ८ बजेबाट सुरु हुनेछ । यस खेललाई टी–२० विश्वकपकै सबैभन्दा ठुलो खेल भनिएको छ । पहिलो खेलमा भारतले आयरल्याण्डविरुद्ध सहज जित निकाल्दा पाकिस्तानले अमेरिकासँग हार बेहोरेर थियो । सुपर-८ मा पुग्ने सम्भावना कायमै राख्न पाकिस्तानलाई यो खेल जित्नै पर्ने दबाब छ ।

यो खेल हारेमा पाकिस्तानको सुपर-८ मा पुग्ने सम्भावना कठिन हुनेछ । २०२२ मा भएको टी-२० विश्वकपमा फाइनलमा पराजित पाकिस्तान त्यसयता खराब प्रदर्शन गरिरहेको छ । भारत भने पछिल्लो समय उत्कृष्ट लयमा छ ।

TOP