Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

ओली र भण्डारीबीचको विवाद छताछुल्ल

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको विवाद छताछुल्ल भएको छ । 

पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक सक्रियता बढाएपछि अध्यक्ष ओली निकै असन्तुष्ट बनेका छन् ।  भण्डारीले एमालेको नेतृत्वमा आउनको लागि विदेशी शक्तिसँग समेत छलफल गरिसकेकी छन् ।

एमालेको नेतृत्वमा आउनको लागि भण्डारी सक्रिय भएपछि ओलीले उनिमाथि सार्वजनिक रुपमै चेतावनी दिने गरेका छन् । तर, भण्डारीले लामो समयसम्म ओलीले दिएको चेतावनीबारे मुख खोलेकी थिइनन् । 

मंगलबार भने भण्डारीले पनि ओलीलाई जवाफ फर्काएपछि उनीहरुबीचको विवाद छताछुल्ल भएको हो । ओलीले केहि दिन अगाडि मात्रै भनेका थिए, ‘अहिले हल्ला चलको छ, तल तल यो ग्रुप भनेका छन्, त्यो ग्रुप भनेका छन् । यसको कुनै आवश्यकता छैन । अर्को खेल हुन खोजेको छ यहाँ, फलानो आउने रे, यस्तो उस्तो । पार्टीमा कुनै छलफल भएको छैन, को अध्यक्ष को उपाध्यक्ष । महाधिवेशन घोषणा भएको छैन । बाहिर बाहिर हल्ला चलाएर पार्टीलाई कमजोर पार्न खोज्ने, पार्टी कार्यकर्ताको मनस्थिति बिथोल्न खोज्नेलाई निस्तेज पार्नुस् । स्टाटस सिस्टाटसलाई जवाफ दिनुस् ,।’

आफ्नो विरुद्धमा उभिन कार्यकर्तालाई ओलीले निर्देशन दिएपछि विद्या भण्डारी पनि आक्रोशित बनेकी छन् ।  ओलीलाई जवाफ फर्काउदै भण्डारीले कार्यकर्ताहरूसँग भेटघाट गर्न अनुमति लिइरहनु नपर्ने बताएकी छन्। मंगलबार बिहान विराटनगर विमानस्थलमा पत्रकारहरूको प्रश्नमा उनले एमाले आफूले संगठित सदस्यता नलिँदैदेखि काम गरेको पार्टी भएकाले यसका कार्यक्रमहरूमा सहभागी हुन कसैसँग अनुमति लिनुपर्ने आवश्यकता नरहेको बताएकी हुन्। 

‘राष्ट्रपति हुनुभन्दा पहिले, संगठित सदस्यता लिनुभन्दा पहिले नै पार्टीमा काम गरेको। चिनजान ठूलै छ। पार्टीमा त्यसरी परिचित भएको नेताले कार्यक्रमहरूमा मलाई बोलाउनु स्वाभाविकै हुन्छ । मैले पनि समाजसँग साक्षात्कार गर्दै गर्नुपर्यो, भेटघाट गर्दै गर्नुर्पयो, के छ जनताको विचार, आकांक्षाहरू? नयाँ पुस्ता के चाहन्छन्? त्यसलाई पूरा गर्न, राष्ट्रिय आकांक्षालाई साकार बनाउन हामी लाग्नुपर्छ। त्यो हाम्रो परम कर्तव्य हो। त्यसका लागि हामीले बाँचुन्जेल संघर्ष गर्नुपर्छ, नयाँ पुस्ताका लागि देशका लागि। त्यस हिसाबले देशभित्र घुमफिर गर्न मैले नेकपा एमालेका कमिटी र नेताहरूसँग अनुमति लिइरहनुपर्छ भन्ने लाग्दैन।’, उनले भनिन् ।

१० दिने लामो चीन भ्रमणबाट जेठ २१ गते स्वदेश फर्किएकी भण्डारी यतिबेला कोशी प्रदेशको भ्रमणमा छिन् । चीनले उनलाई उच्च तहको सम्मान दिएको थियो ।

कोशी प्रदेशको भ्रमण सकेर उनी मंगलबार मात्रै काठमाडौँ फर्किएकी हुन् । ओलीको कार्यशैलीप्रति रुष्ट एमालेको एक तप्का भण्डारीलाई पार्टी नेतृत्वमा ल्याउन लागि परेको छ । त्यसका लागि भण्डारी पनि तयार छिन् । पछिल्लो समय ओली भने पार्टीमा कामजोर हुदैँ गएका छन् । 

TOP