Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

दुर्गा प्रसाईँका कानुन व्यवसायीको बहस अन्तिम चरणमा

काठमाडौँ । तीनकुनेमा अवाञ्छित गतिविधिमा संलग्न आरोपमा थुनामा रहेका दुर्गा प्रसाईँको तर्फका कानुन व्यवसायीको बहस अन्तिम चरणमा पुगेको छ ।

मंगलबार वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले प्रसाईँको तर्फबाट अन्तिम बहस गर्दै छन् । यसअघि प्रसाईँको तर्फबाट वरिष्ठ अधिवक्ताहरू डा। सुरेन्द्र भण्डारी, टङ्क दुलाल, डा. भीमार्जुन आचार्य, बालकृष्ण न्यौपाने, सुशील पन्त, लव कुमार मैनाली, अधिवक्ता दीपेन्द्र झा, रेनुका देवी सिटौला, दिवस खड्गी, लवान न्यौपाने र अधिवक्ता मनिष पाण्डेले बहस गरेका थिए ।

रमन श्रेष्ठले बहस सकेपछि मंगलबारबाट अर्का प्रतिवादी रामेछाप घर भएका तारा राजावादी भन्ने सरोज गौतम तर्फका कानुन व्यवसायीले बहस सुरु गर्ने भएका छन् ।

रामेछापको सुनापति गाउँपालिका वडा नम्बर–१ सिमपानी घर भएका गौतम तीनकुनेमा घर आगजनीमा संलग्न थिए । गौतम सहित दुईजनाले आगजनी गरेको घरमा जलेर पत्रकार सुरेश रजले ज्यान गुमाएका थिए ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा थुनछेक बहस भइरहेको छ । राज्य विरुद्ध र ज्यान सम्बन्धी कसुरका ५० जना प्रतिवादीहरू मध्ये प्रसाईँ सहित ३९ जना थुनामा छन् ।

TOP