Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

विश्वकप क्रिकेट लिग–२ : अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्ससँग खेल्दै

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृङखलामा नेपालले मंगलबार नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल डुन्डेको फोर्थहिल मैदानमा दिउँसो पौने ४ बजे शुरु हुनेछ ।

लिग–२ को आफ्नो चौथो चरणको शृङखलामा नेपालले अन्तिम खेल खेल्न लागेको हो । शुरुआती दुई खेल जित्दै तालिकामा चार अङ्क थपेको नेपाल आइतबार भएको तेस्रो खेलमा घरेलु टोली स्कटल्यान्डसँग दुई रनले पराजित हुन पुग्यो ।

त्यसअघि नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डलाई एक विकेट र त्यसपछि दोश्रो खेलमा नेदरल्याण्ड्सलाई पाँच विकेटले हराएको थियो । नेपाल र नेदरल्यान्ड्सबीच अहिलेसम्म छ वटा एकदिवसीय खेल भएको छ । जसमा समान नेपालले तीन र नेदरल्यान्ड्सले तीन खेल जितेको छ ।

नेपालसहित अमेरिका, नेदरल्यान्ड्स, ओमान, स्कटल्याण्ड,क्यानडा, नामिविया र यूएई गरी आठ टोली सहभागी लिग–२ एकदिवसीय विश्वकप सन् २०२७ को छनोट प्रतियोगिता समेत हो । सन् २०२७ सम्म चल्ने लिगको अन्तिममा शीर्ष चारमा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउने छ ।

पुछारमा रहने चार टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ । नेपाल १५ खेलमा १० अङ्कसहित लिगको सातौं स्थानमा छ । नेदरल्यान्ड्स २२ खेलमा २६ अङ्कसहित दोश्रो स्थानमा छ ।

TOP