Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

यी हुन् स्कटल्याण्डसँग नेपाल २ रनले हार्नुका ४ कारण

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत घरेलु टोली स्कटल्यान्डसँगको खेलमा नेपाल दुई रनले पराजित भएको छ । स्कटल्यान्डले दिएको ३२४ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ओभरमा ३२१ रनमा अलआउट भयो । ४९ ओभरसम्म पनि खेल पुरै नेपालको पकडमा थियो ।

अर्थात नेपाली टोलीले सहजै जित निकाल्न सक्थे । अन्तिम ओभरमा नेपाललाई ६ बलमा मात्रै ७ रन चाहिँएको थियो । तर, नेपाल स्कटल्यान्डसँग २ रनले पराजित हुन पुग्यो । 

नेपालका लागि भीम सार्कीले ७३, सोमपाल कामीले ६७ र दीपेन्द्रसिंह ऐरीले ५६ रन बनाए । स्कटल्यान्डका म्याकेन्जी जोन्सले तीन विकेट लिए ।
त्यसअघि स्कटल्यान्डको फोर्थहिल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले ५० ओभरमा छ विकेट गुमाएर ३२३ रन बनाएको थियो ।

स्कटल्यान्डसँग नेपालले हार्नुका ४  कारण 

१. बलरको कमजोरी

स्कटल्यान्डसामु नेपालका प्रमुख बलर निरही बने ।  नेपालका तीन प्रमुख बलर सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने कुल २८ ओभरमा २ सय १८ रन खर्चिदा दुई विकेट लिए ।

बाँकी २२ ओभर ललित, दीपेन्द्र र आरिफले मात्रै १ सय रन दिएका थिए । करणले ९ ओभरमा २ मेडनसहित ७४ रन खर्चेर २ विकेट लिदा सोमपालले ९ ओभरमा १ मेडनसहित ७५ तथा सन्दीप लामिछानेले १० ओभरमा ६९ रन खर्चिदा विकेटविहीन बने ।
प्रमुख बलर नै निरही बनेपछि स्कटल्यान्डले नेपाललाई विशाल लक्ष्य दिन सफल भएको हो । यदि स्कटल्यान्डलाई तीन सय रनसम्म पनि रोक्न सकेको भए नेपालले सहज जित निकाल्न सक्ने देखिन्छ । 

२.शीर्ष क्रममा ब्याट्स्म्यान फलप 

स्कटल्यान्डको खेलमा शीर्ष क्रममा ब्याट्स्म्यान नै फलप भइदिए । यदि शीर्ष क्रममा शीर्ष क्रममा ब्याट्स्म्यानले राम्रो सुरुवात दिएको भए खेल नेपालले जित्न सक्थ्यो । नेपालले राम्रो सुरुवात दिएको भए मध्यक्रम र तल्लोक्रमका ब्याटरलाई रनरेटको बिना दबाब खेल्न सहज हुन्थ्यो । अनि नेपालले उक्त लक्ष्य विना दबाब पूरा गर्न सक्थ्यो ।

कुनैपनि टोलीले ३ सय माथिको योगफल पूरा गर्न सुरुवात उत्कृष्ट गर्नुपर्छ । तर नेपालको सुरुवात ७.१ ओभरमा ३४.३ को (कुशल भुर्तेल १७, आसिफ शेख ८ र रोहित पौडेल ३) थियो ।

सुरुवात नै खराब हुनु हारको एउटा कारण बन्यो । कुशल भुर्तेलले राम्रो सुरुवातको सम्भावना देखाएपनि आसिफ शेखसँग तालमेल गर्न नसक्दा रन आउटको रुपमा विकेट फ्याँलेका थिए । उक्त रन आउटको दबाबमा आसिफ पनि धेरै समय क्रिजमा टिक्न सकेनन् ।

एक रनमा अमूल्य जीवनदान पाएपनि म्याकेन्जी जोन्सको बलमा बोल्ड आउट भए । कप्तान रोहित पौडेल केही खराब सट खेल्दै आएका थिए । 

३ ठूलो इनिङ खेल्नबाट चुक्नु

खराब सुरुवातको बाबजुद चौथो विकेटलाई आरिफ शेख र भीम सार्कीले १ सय १० बलमा ९४ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपाललाई खेलमा जितको आशामा कायमै राखेका थिए । आरिफ शेख ३९ र भीम सार्की ७३ रनमा आउट हुँदै ठूलो इनिङ खेल्नबाट चुके ।

गुलशन झा ११ रनमा आउट भएपछि नेपाल ३५.४ ओभरमा १८३.६ को अवस्थामा थियो । लगभग आशा मारेको खेललाई दीपेन्द्र र सोमपालले सातौं विकेटलाई १ सय ७ रनको शतकीय साझेदारी गर्दै सहज जितनजिक पुर्याएका थिए । तर दुबै ब्याटर जिताएर नफर्किदा नेपालले हार्न पुग्यो ।

दीपेन्द्र र सोमपाल मध्य एकले खेल जिताएर फर्किनु पर्ने थियो । निकै दबाबको अवस्थाबाट सहज परीस्थितीमा दुबैले लामो सट खेल्न खोज्दा विकेट फ्याल्न पुगेका थिए । यी दुबै खेलाडीले सम्हालिएर खेलेको भए नेपालले सहज जित निकाल्न सक्थ्यो । 

४. करनले दबाब थेग्न नसक्नु हारको कारण 

सोमपाल र दीपेन्द्रको आउट हुँदा पनि नेपाल  जित नजिक पुगेको थियो । अन्तिम ओभरमा नेपाललाई ६ बलमा मात्रै ७ रन चाहिँएको थियो । क्रिजमा करण केसी ७ बलमा १५ र सन्दीप लामिछाने २ रनमा थिए । करनले सम्हालिएर खेलेको भए खेलको नतिजा नेपालको पोल्टामा आउथ्यो । 

पहिलो खेलमा स्कटल्याण्डलाई हराउन करणले उत्कृष्ट प्रदर्शन गरेका थिए । ४९ ओभरको पहिलो बलमा करणले दुई रन ताने। त्यसपछि बाउन्सरमा दोस्रो बल डट भयो। तेस्रो बल पनि बाउन्सर थियो । उक्त बाउन्सर बल पुल गर्ने धुनमा करण फाइन लेगमा म्याकेन्जी जोन्सले क्याच लिए ।

त्यो क्याच मात्रै थिएन, नेपालले जितेको खेल पनि स्कटल्याण्डलाई दिएको थियो । किनभने त्यसपछि क्रिजमा आएका ललित राजवंशी बलरले कुन बल फ्याँकी रहेको छ त्यो पनि बुझ्दैँनन् । अन्तिम बलमा ललित बोल्ड भएका थिए । यी कमजारीहरुले नेपालले जितेको खेल पनि हार्न पुगेको हो । 

TOP