ट्रम्पले १२औँपटक भने: मैले गर्दा भारत–पाकिस्तान युद्ध रोकियो

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक भारत र पाकिस्तानबीचको युद्ध आफूले रोकेको दाबी गरेका छन्।
उनले आफूले हस्तक्षेप नगरेको भए यो लडाइँ आणविक युद्धमा परिणत हुन सक्ने जिकिर गरेका हुन्। आफ्नो आधिकारिक विमान एयर फोर्स वानमा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफूले व्यापारलाई हतियारका रूपमा प्रयोग गरेर दुवै देशलाई तुरुन्तै झडप रोक्न बाध्य पारेको दाबी गरे।
योसमेत ट्रम्पले यस विषयमा अहिलेसम्म १२ पटक बोलिसकेका छन्।