Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

अमेरिकामा अर्को दर्दनाक घटना,गोली लागको अबस्थामा २ बालबालिका सहित ४ जना नेपालीको शव फेला

अमेरिकाको भर्जेनिया राज्यस्थित मनासस पार्क क्षेत्रमा एक अपार्टमेन्टमा बस्दै आएका २ बालबालिका सहित ४ जना नेपाली गोली लागेको अबस्थामा मृत फेला परेका छन् ।

मृत्युहुनेमा बर्ष ३८ का सन्तोष परियार, बर्ष ३६ बर्षिया अन्जु श्रेष्ठ, ८ बर्षिया बालिका र २ बर्षका बालक रहेका छन् । मृतक चारैजना स्थानियको घरमा तल्लो तलामा भाडामा बस्दै आएका थिए । बिहिबार राति घरधनिले स्थानिय प्रहरीलाई फोन गरेर आफ्नो घरमा भाडामा बस्नेहरु सम्पर्कमा नरहेको र आफुलाई शंका लागेको कारण अनुसन्धान गर्न गुहारेका थिए । तत्कालै घटनास्थल पुगेको प्रहरीले अपार्टमेन्ट खोलेर हेर्दा २ बालबालिका सहित चार जनाको गोली लागको अबस्थामा शव फेला पारेको थियो।

अनुसन्धानकै क्रममा प्रहरीले घटनास्थलबाट प्रहरीले स्वचालित पेस्तोल समेत बरामद गरेको जनाईएको छ । अहिले मृतक चार जनाको शबलाई पोष्टमार्टमकालागि लगिएको छ भने उक्त घटना हत्यापछिको आत्महत्या हो या अन्य कारणले भएको हो भन्ने कुरामा केन्द्रित भएर प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ । मृतकहरु एकै परिवारका हुन् या होईनन् भन्ने कुरा लगायतमा थप विवरण संकलन गर्ने कार्य भैरहेको प्रहरीले बताएको छ । स्मरण रहोस् गतबर्ष पनि यहि क्षेत्रमा भएको ममता भट्ट हत्या प्रकरण अझै टुंगोमा नपुग्दै भएको यस घटनाले समुदायमा थप चिन्ता बढाएको छ ।

TOP