Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

प्रवासी नेपालीहरुलाई पूर्वमन्त्री पोखरेलले भने- ‘हाम्रो आधार भनेकै हामीले पढेको विद्यालय हो’

पूर्वमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरिराजमणि पोखरेलले प्रवासी नेपालीहरूलाई आफूले अध्ययन गरेको पुरानो विद्यालयसँग पुनः सम्बन्ध गाँस्न आग्रह गरेका छन्।

बिहीबार नेपाली समाज टेक्ससले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै पोखरेलले भने, “हामी जहाँ भए पनि हाम्रो वास्तविक आधार भनेको हामीले अध्ययन गरेको विद्यालय हो। त्यसैले जुनसुकै रूपमा भए पनि पुरानो विद्यालयसँगको सम्बन्धलाई कायम राख्न जरुरी छ।”

विदेशमा रहेर पनि प्रवासी नेपालीहरूले नेपाली भाषा र संस्कृतिको संरक्षणका लागि गरेको प्रयासको प्रशंसा गर्दै उनले विदेशमा जन्मेका र हुर्केका दोस्रो पुस्ताका सन्तानलाई नेपाली भाषा र संस्कृतिबाट टाढा नराख्न आग्रह गरे।

पूर्व शिक्षा तथा स्वास्थ्य मन्त्रीसमेत रहेका पोखरेलले आफ्नो कार्यकालमा शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेका पहलहरू र तिनको हालको अवस्थाबारे समेत कार्यक्रममा जानकारी गराए।

कार्यक्रममा सहभागी प्रवासी नेपाली अगुवाहरूले राप्रपा नेता ज्ञानेन्द्र शाहीले प्रवासी नेपालीहरूको समस्या संसदमा उठाएको सम्झँदै, तर प्रभावशाली दलका नेताहरूले ती समस्यालाई नीति निर्माणमा बेवास्ता गरेको गुनासो व्यक्त गरे।

कार्यक्रममा नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले र ग्लोबल नेपाली पाठशालाका प्रिन्सिपल डा. भोजबहादुर बलायरले प्रवासमा नेपाली भाषा र संस्कृतिको प्रवर्द्धनका लागि संस्थाले गरेका पहलबारे प्रकाश पारे। कार्यक्रमको सञ्चालन नेपाली समाज टेक्ससका महासचिव विजय भुसालले गरेका थिए।

TOP