Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

आईपीएल फाइनल भागदौड घटना: बेंगलुरुका मार्केटिङ प्रमुखसहित ३ जना पक्राउ

 रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)का मार्केटिङ प्रमुख निखिल सोसले पक्राउ परेका छन्। जुन ४ मा बेंगलुरुमा भएको भागदौड घटनामा प्रहरीले उनलाई पक्राउ गरेको हो। यसअघि कर्नाटकका मुख्यमन्त्री सिद्धारमैयाले बेंगलुरु भागदौडका विषयमा प्रहरीले जिम्मेवार रहेको बताएका थिए। त्यसपछि प्रहरी अधिकारीहरूलाई निलम्बन गरिएको थियो।

भारतीय सञ्चार माध्यमका अनुसार निखिल मुम्बई भाग्ने प्रयासमा थिए र एयरपोर्ट पुग्नेबित्तिकै प्रहरीले उनलाई समातेको हो। अहिले निखिलसँग सोधपुछ भइरहेको भारतीय प्रहरीले जनाएको छ। आरसीबीको जितपछि आयोजित विजय जुलुसअघि भएको भागदौड हुँदा ११ जनाको ज्यान गएको थियो। धेरै जना घाइते भएका थिए। निखिल बाहेक प्रहरीले थप तीन जनालाई पनि हिरासतमा लिएको छ र उनीहरूलाई पनि सोधपुछ गरिरहेको छ। 

कार्यक्रम आयोजना गर्दा नियमको उल्लंघन, सुरक्षा मापदण्डको पालना तथा सम्बन्धित निकायबाट अनुमति लिए नलिएको बारेमा अनुसन्धान गरिरहेको छ। 

यो गिरफ्तारी घटनासँग सम्बन्धित एउटा ठूलो कदमको रूपमा हेरिएको र आगामी दिनमा यससँग सम्बन्धित थप खुलासा हुने अपेक्षा गरिएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

TOP