Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

आरसीबीको विजयोत्सवमा ११ जनाको मृत्यु, विराट कोहलीले यस्तो भने 

रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको उपलक्ष्यमा बुधबार विजयोत्सव मनाउने क्रममा भागदौड हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको घटनाप्रति ब्याट्सम्यान विराट कोहलीले गहिरो दुस्ख व्यक्त गरेका छन्।

कोहलीले सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्राममा रोयल च्यालेन्जर्स बेंगलुरुले जारी गरेको विज्ञप्ति सार्वजनिक गर्दै लेखेका छन्, ‘मसँग भन्नका लागि कुनै शब्द छैन। म स्तब्ध भएको छु।’

विज्ञप्तिमा आरसीबीले पनि दुर्भाग्यपूर्ण घटना भन्दै गहिरो दुःख व्यक्त गरेको छ। साथै उसले पीडित परिवारहरूप्रति समवेदना व्यक्त गरेको छ। मंगलबार राति पन्जाब किंग्सलाई हराउँदै आरसीबीले १८ वर्षपछि आईपीएल उपाधि जितेपछि खुसियालीमा बुधबार बेंगलुरुको चिन्नास्वामी रंगशालामा विजयोत्सव कार्यक्रम आयोजना गरिएको थियो। 

यस क्रममा युवा, महिला, पुरुष र वृद्धवृद्धासमेत सडकका छेउमा उभिएर आरसीबी टोलीलाई स्वागत गरिरहेका थिए। यसै क्रममा भीडभित्र भागदौड मच्चियो र किचिएर कम्तीमा ११ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

कर्नाटकका मुख्यमन्त्री सिद्धरामय्याले घटनाको अनुसन्धान गर्ने घोषणा गरेका छन्। साथै उनले मृतकका परिवारलाई जनही १० लाख र घाइतेहरूलाई निस्शुल्क उपचारको व्यवस्था गरिने पनि बताएका छन्।  

TOP