Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

टेक्ससकाे एक घरमा छापा मार्दा नेपालीसहित १६ अवैध आप्रवासी पक्राउ

अमेरिकाको आप्रवासन तथा भन्सार प्रवर्तन (आईसीई) ले दक्षिण टेक्ससको एक घरबाट नेपालीसहित १६ जना अवैध आप्रवासीलाई पक्राउ गरेको छ। सोमबार मर्सिडिज सहरस्थित उक्त घरमा छापा मारी उनीहरूलाई नियन्त्रणमा लिइएको हो। यो सहर अमेरिका-मेक्सिको सीमा नजिक पर्दछ र डलासबाट करिब ५५० माइल टाढा छ।

आईसीईले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार, एक स्थानीय व्यक्तिले मर्सिडिजको उक्त घरमा अवैध आप्रवासी लुकाइएको भन्ने सूचना दिएपछि कारबाही अघि बढाइएको थियो। सूचनाका आधारमा आईसीईले मर्सिडिज प्रहरी विभागसँग समन्वय गरी उक्त घरमा पुगेर जाँच गरेको थियो। जाँचका क्रममा घरधनीले १६ जना व्यक्तिलाई घरभित्र लुकाएको स्वीकार गरेपछि सबैलाई पक्राउ गरिएको हो।

पक्राउ परेका १६ जनामध्ये नेपाल, अल्बानिया, मेक्सिको, होन्डुरस र ग्वाटेमालाका नागरिक रहेको आईसीईले जनाएको छ। उनीहरू सबैलाई आप्रवासन कानुन उल्लंघनको अभियोगमा नियन्त्रणमा लिइएको छ।

पक्राउ परेकामध्ये एक जना मेक्सिकन नागरिकलाई भने मानव तस्करीमा संलग्न भएको आशंकामा थप सोधपुछ भइरहेको छ। यद्यपि, पक्राउ परेका नेपाली नागरिकको यकिन संख्या भने खुलाइएको छैन। उक्त सहर मेक्सिको सीमा नजिक भएकाले उनीहरू अवैध रूपमा अमेरिका प्रवेश गरेको हुन सक्ने आशंका गरिएको छ।

अमेरिकाले पछिल्लो समय आप्रवासनसम्बन्धी नियमहरूमा निकै कडाइ गर्दै आएको छ। ह्वाइट हाउस र वर्तमान प्रशासनले विनाभिसा अमेरिका प्रवेश गर्ने विदेशीहरूमाथि थप कडाइ गरेको छ। यस्तै जोखिमपूर्ण अवैध बाटो प्रयोग गरेर अमेरिका पुग्ने प्रयासमा नेपालीहरू पनि रहने गरेका छन्। मानव तस्करको फन्दामा परेर सयौं नेपाली यस्ता खतरनाक यात्रामा सहभागी हुने गरेको विभिन्न घटनाक्रमले देखाउँदै आएको छ।

आईसीई होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेसन्सका रियो ग्रान्डे भ्याली क्षेत्रका उपविशेष एजेन्ट मार्क लिप्पाले भने, “मानव तस्करीविरुद्धको हाम्रो अभियानमा सर्वसाधारण र स्थानीय कानुन प्रवर्तन निकायहरूको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुन्छ। अन्तरदेशीय आपराधिक सञ्जालहरूले नाफाका लागि मानिसहरूको जीवन जोखिममा पारिरहेका छन् र हामी यस्ता आपराधिक गतिविधिमा संलग्नलाई कठोरतापूर्वक कारबाही गर्नेछौं।”

TOP