Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

मधेशी एसोसिएसन इन अमेरिका ‘माँ’ को नेतृत्व मनोज सिंहलाई

अमेरिकामा रहेका मधेशीहरूको साझा संस्था, मधेशी एसोसिएसन इन अमेरिका (माँ) ले नयाँ नेतृत्व पाएको छ। अमेरिकाको भर्जिनियामा सोमबार सम्पन्न संस्थाको चौथो महाधिवेशनले मनोज सिंहको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो। महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा नवीनकुमार साह चयन भएका छन्। यसैगरी, उपाध्यक्षहरूमा प्रकाशभाई मधेशिया, सुभाषकुमार बैठा, गर्भीलाल यादव, जयनारायण साह, दिनेश साह, मुकेश रोयल, श्रीमती शशी साह र धर्मेन्द्र झा निर्वाचित भएका छन्। संस्थाको महासचिवको महत्वपूर्ण जिम्मेवारी डा. शिव ठाकुरले पाएका छन् भने कोषाध्यक्षमा मोहम्मद रफिद र प्रवक्तामा प्रमोद गुप्ता चयन भएका छन्। कार्यसमितिका सदस्यहरूमा क्रमशः अभदेश गुप्ता, रंजन साह र मोहम्मद जफिरुद्दिन रहेका छन्।

“मधेशी के शान, अपन संस्कृति अपन पहिचान, माँ के अभियान मधेशी के समग्र उत्थान” भन्ने मूल नाराका साथ सम्पन्न चौथो महाधिवेशनको उद्घाटन राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले आइतबार भर्जिनियाको म्यानाससमा गरेका थिए।

महाधिवेशनको उद्घाटन सत्र माँका निवर्तमान अध्यक्ष डा. संगीत रौनियारको अध्यक्षता तथा महासचिव शशी साह र अमित साहको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाली दूतावासका डिपुटी चिफ अफ मिसन शरदराज अरन, आर्थिक सल्लाहकार युगराज पाण्डे, भर्जिनिया राज्यका सिनेटर कननीश्री निवासन, गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष सुनिल साह, एनआरएनए अमेरिकाका अध्यक्ष डा. अर्जुन बन्जाडे, एएनए अध्यक्ष खगेन्द्र अधिकारी, नेपालकी समाजसेवी पुनमदेवी यादव, वरिष्ठ कलाकार एस.सी. सुमन तथा महाधिवेशन संयोजक रिना पण्डित लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

महाधिवेशनका क्रममा मधेशी संस्कृति झल्किने सांस्कृतिक परेड, विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनुका साथै अमेरिकामा निर्माण गर्न लागिएको ‘मधेश पार्क’ को महत्वाकांक्षी कार्ययोजना समेत उद्घाटन गरिएको संस्थाले जनाएको छ। यो नयाँ कार्यसमितिले अमेरिकामा मधेशी समुदायको हकहित, संस्कृति प्रवर्द्धन र पहिचानलाई थप उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

TOP