Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

ओएनएफ अमेरिकाको अध्यक्षमा छवि पाण्डे निर्वाचित, अधिकांश पदाधिकारी निर्विरोध

प्रवासी नेपाली मञ्च (ओएनएफ) अमेरिकाको चौथो अधिवेशनले छवि पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। आइतबार टेक्सासको ड्यालसमा सम्पन्न अधिवेशनमा भएको निर्वाचनबाट पाण्डे अध्यक्ष पदमा विजयी भएका हुन्।

मे ३१ देखि दुई दिनसम्म चलेको अधिवेशनमा अध्यक्ष पदका लागि तत्कालीन उपाध्यक्ष गोपाल कँडेल, सचिव छवि पाण्डे, र उपसचिव डा. थोमस बास्तोलाबीच त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो। निर्वाचन समितिका अनुसार, कडा प्रतिस्पर्धाका बीच पाण्डेले अध्यक्ष पदमा बाजी मारेका हुन्। अध्यक्ष पदबाहेक अन्य सबै पदमा उम्मेदवारहरू निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षहरूमा डिबी राउत, गोविन्द खनाल, मैयाँ ढुंगाना, र सञ्जयसिंह केसी चयन भएका छन्। त्यसैगरी, सचिवको जिम्मेवारी बिजयराज भट्टराईले पाएका छन् भने उपसचिवहरूमा विजय बगाले, लोकनारायण थापा, साधना पन्त, र उपेन्द्र राउत निर्वाचित भएका छन्।

कार्यसमितिका सदस्यहरूमा क्रमशः अर्जुन त्रिपाठी, बलभद्र खडायत, विजय बुढा, दीपक सापकोटा, दुर्गा विश्वकर्मा, दुर्गाकुमार आचार्य, गोपी ढुंगाना, प्रकाश बस्नेत, पुन्यवती पाठक, पुरुषोत्तम बराल, श्रीकृष्ण गौतम, सूर्य लिङ्देन, भुवन अधिकारी, शंकर लिङ्देन, र गणेशप्रसाद पौडेल रहेका छन्।

नवनिर्वाचित पदाधिकारीहरूलाई प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सञ्जय थापाले प्रमाणपत्र वितरण गर्नुभएको थियो। सो अवसरमा नवनिर्वाचित अध्यक्ष छवि पाण्डेले मञ्चमा आबद्ध सबै सदस्यहरूको भावनालाई समेट्दै संस्थालाई थप गतिशील र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले सबैलाई एकताबद्ध गर्दै साझा उद्देश्य प्राप्तिका लागि काम गर्ने बताए।

TOP