फलामे पखेटोको यान…

आशाका किरण, भरोसाका बल
अनवरत मेहनतले घोटेको उसको तागो मल।
टुट्ने साहसले भोलि रंगाउँछु भनी
बलिया हत्केलामा उभियो पूरा एक उज्यालो धनी ।
असन्तुलित मनभित्र हुरीले कर्कश तान्यो
अधपुगे सपनाले काँधमा बिसौनी सान्यो।
तैपनि झर्दैन कदम अझ एक पाइलो भनी
आफ्नै छायामा उभिँदै, उज्यालोतिर धनी।
परिवारका सपनाहरू आँखाको ऐना बने
घामजस्तै जिम्मेवारी काँधमा टिन्टिन ठाउँ ठटे
रैथाने घडी उही विदाइको डिलमा टिक्टिक
आमाका आँसु मौन भएर गालामा सुम्सुम टिक।
ऊ परदेशीतिर, ओठ मुस्कुराइ, मनमा तरङ्ग पीर
भित्रभित्रै सल्बलाए कतिपय अनकन, कतिपय नीर।
र जब आइपुग्यो त्यो विदाईको घडी,
आमाको आँखा थाले रसाउन,भक्कानिए शब्द, मौनता बनेर झर्यो।
ऊ पनि थाम्न सकेन, जो परदेशी हुँदै थियो,
बाल्यकालको मिठास पेटीभित्र अझै अड्केको
समयको रेलले अहिले डब्बामा तानेको।
हँसाएर रुँदै एउटै आँखाले लेपिन्थ्यो संयोग,
तर न भीड रोकिन्थ्यो, न भाई रोकिन्थ्यो
न त आकाश छुन आतुर त्यस फलामे पखेटोको यान नै