बजेट : शिक्षा मन्त्रालयलाई २ अर्ब, वन मन्त्रालयलाई १८ अर्ब विनियोजन

सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन गरेको बजेटमा शिक्षा मन्त्रालयभन्दा वन मन्त्रालयलाई धेरै बजेट विनियोजन गरेको पाइएको छ ।
आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सरकारले आगामी आर्थिक वर्षका लागि वन तथा वातावरण मन्त्रालयका लागि आवश्यक बजेट विनियोजन गरेको जानकारी दिए ।
वन तथा वातावरण मन्त्रालयका लागि सरकारले १८ अर्ब ६१ करोड बजेट विनियोजन गरेको छ । सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि २ अर्ब ११ अर्ब १७ करोड बजेट विनियोजन गरेको छ ।
सरकारले सञ्चार क्षेत्रको विकास र विस्तारका लागि आवश्यक बजेट विनियोजन गरेको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका लागि ७ अर्ब ७२ करोड बजेट विनियोजन गरिएको जानकारी दिए ।
सरकारले पर्यटन मन्त्रालयको लागि यो वर्ष १३ अर्ब २८ करोड बजेट विनियोजन गरेको छ । यस वर्ष सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टमा रूपान्तरण गर्न ४ अर्ब रुपैयाँ छुट्याएको छ ।