Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

पुटिनलाई ट्रम्पको चेतावनी : युक्रेनमाथि आक्रमण नरोके रुसको पतन हुनेछ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमाथि रुसले गरेको आक्रमणको विरोध गरेका छन् । उनले पूरै युक्रेन रुसमा समाहित गर्ने उद्देश्य राखेर पुटिनले आक्रमण गरिरहेको भन्दै ट्रम्पले यदि त्यसो गरे रुसको पतन हुने चेतावनी समेत दिएका छन् ।

रुसले पछिल्लो पटक युक्रेनमा गरेको आक्रमणबाट एकैदिनमा पत्रकारहरुसहित ३० जनाको मृत्यु भएको विवरण आइरहेका छन् । रुसले युक्रेनमाथि आक्रमण नरोके अझै धेरै प्रतिबन्ध लगाउने चेतावनी पनि ट्रम्पले दिएका छन् ।

ट्रम्पले युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्सीको पनि आलोचना गरेका छन् । जेलेन्सीका अभिव्यक्तिले उनको देशको भलाइ नहुने ट्रम्पको भनाइ छ । पछिल्लोपटक रुसले युक्रेनमा आक्रमण गरेपछि जेलेन्स्कीले अमेरिका चुप लागेर युक्रेनमाथि आक्रमण गर्न रुसलाई प्रोत्साहित गरिरहेको आरोप लगाएका थिए ।

TOP