Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

एशियामा तीव्र गतिमा फैलिँदै कोरोनाको नयाँ संक्रमण, भारतमा पनि देखियो

एशियामा तीव्र गतिमा कोरोना १९ का नयाँ संक्रमणहरु फैलिरहेका छन् । अप्रिल २७ देखि मई ३ सम्मको एक हप्तामा सिंगापुरमा १४ हजार २ सय नयाँ संक्रमित भेटिएका छन् ।

सिंगापुरमा अघिल्लो हप्तामा ११ हजार १ सय संक्रमित भेटिएका थिए । सिंगापुरको स्वास्थ्य मन्त्रालयका अनुसार हाल एलएफ.७ र एनबी १.८ (जेएन.१ का सब–भेरियन्टहरू) त्यहाँ फैलिरहेका प्रमुख भेरियन्ट हुन् ।

अहिलेसम्म गरिएका जीनोम सिक्वेन्सिङमध्ये दुई तिहाइ केस यी भेरियन्टहरूका छन् । जेएन. १ त्यही भेरियन्ट पनि हो जसको प्रयोग हालको कोभिड–१९ खोपको निर्माणमा गरिएको थियो ।

विशेषज्ञहरूका अनुसार यसको तीव्र फैलावट चिन्ताजनक छ । त्यस्तै, थाईल्यान्ड, हङकङसँगै चीनमा पनि पछिल्लो सयम केही महिनामा कोरोना संक्रमणमा वृद्धिको दर देखिएको छ । भारतमा पनि केही मानिसमा कोरानाको संक्रमण देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

स्वास्थ्य विशेषज्ञहरू कोरोना संक्रमणको तीव्र वृद्धिको कारण ओमिक्रोन भेरियन्टको सब–भेरियन्ट जेएन १ लाई जिम्मेवार मानिरहेका छन् ।

TOP