५ सय र १ हजारको नयाँ नोट छाप्ने पहिलो निर्णयमा गभर्नर पौडेलले गरे हस्ताक्षर

नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले गभर्नरको कार्यभार सम्हाल्दै नयाँ नोट छाप्नेसम्बन्धी पहिलो निर्णय गरेका छन्।
आजै शपथ लिएका उनले बालुवाटारस्थित राष्ट्र बैंक पुगेर गभर्नरको कार्यभार सम्हालेका हुन्। उनले ५ सय र १ हजार रुपैयाँ दरका नयाँ नोट छाप्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् ।
यस्तै, पौडेलले पदभार ग्रहण गर्दै बैंक तथा वित्तीय संस्थाको सुपरिवेक्षणलाई प्राथमिकता दिएर अघि बढ्ने प्रतिक्रिया दिए। त्यस्तै, सरकारको वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीतिका व्यवस्था परिमार्जन गरिने उनले प्रतिबद्धता जनाएका छन् ।