Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

दक्षिण कोरियाबाट १० नेपाली निष्कासित

दक्षिण कोरियाले १० जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा बस्दै आएका उनीहरूलाई दक्षिण कोरियाको अध्यागमनले निष्कासन गरेको हो।

निष्कासनमा पर्नेमा चार जना अध्यागमन कानुन उल्लंघन गर्नेहरू छन्। जसमा सम्बाहम्बे, गौतम, गुरुङ र थापा थरका एक एक जना छन्। उनीहरूलाई गत मे १६ तारिखमा कोरियन एयरलायन्सको विमानबाट नेपाल फर्काइएको हो ।

त्यस्तै भिसा म्याद सकेर लुकीछिपी बस्ने ६ जनालाई पनि निष्कासन गरिएको छ । निष्कासनमा पर्नेमा थापा, तिवारी, पुन, अधिकारी र घर्ती क्षेत्री थरका एक एक जना रहेका छन्। उनीहरूलाई १५ तारिखमा थाई यएरवेजको विमानबाट काठमाडौं फर्काइएको हो ।

वैशाखको अन्तिम साता पनि एकैपटक ९ जना नेपालीलाई दक्षिण कोरियाले निष्कासन गरेको थियो। अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई दक्षिण कोरिया सरकारले नेपाल फर्काएको थियो।

TOP