Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

अमेरिकाका पूर्वराष्ट्रपति बाइडेनलाई ‘हाई ग्रेड’ क्यान्सर

अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको पत्ता लागेको छ। उनको कार्यालयले विज्ञप्ति जारी गरी क्यान्सर हड्डीसम्म फैलिएको पाइएको जानकारी दिएको हो।

८२ वर्षीय बाइडेनलाई गत हप्ता पिसाबसँग सम्बन्धित लक्षण देखिएपछि डाक्टरकहाँ परीक्षण गराइएको थियो। त्यस क्रममा शुक्रबार उनमा क्यान्सर रहेको पत्ता लागेको हो। उनको रोगलाई  हाई ग्रेड (उच्च श्रेणीको) क्यान्सरका रूपमा वर्गीकरण गरिएको छ।


क्यान्सर रिसर्च युकेका अनुसार यसको अर्थ क्यान्सर कोष द्रुत गतिमा फैलिन सक्छन्। बाइडेन र उनको परिवारले उपचारका विकल्पबारे समीक्षा गरिरहेका छन्।

बाइडेनलाई क्यान्सर भएको थाहा भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘जो बाइडेनको हालैको चिकित्सा निदानबारे सुनेर मेलानिया र म दुःखी छौँ।’ ट्रम्पले बाइडेनको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।

TOP