अन्त्य हुँदै रूस-युक्रेन युद्ध, ट्रम्प र पुटिनबीच सोमबार वार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेन युद्ध अन्त्य गर्ने विषयमा कुराकानी गर्ने घोषणा गरेका छन्। सोमबार दुई नेताबिच कुराकानी हुने छ।
दुई नेताबीच हुने कुराकानीले औसत पाँच हजार भन्दा बढी रुसी र युक्रेनी सैनिकको ज्यान लिने रक्तपात रोक्ने र व्यापार सुरु गर्ने उद्देश्य रहेको छ ।
गत शुक्रबार टर्कीमा युक्रेन र रुसका प्रतिनिधिहरूले आमने–सामने वार्ता गरेपछि यो घोषणा भएको हो। तीन वर्षमा दुवै देशले कुनै पनि तहमा प्रत्यक्ष वार्ता गरेको यो पहिलो पटक थियो। वार्ताको परिणामस्वरूप एक हजार कैदी आदानप्रदान गर्ने सम्झौता भएको छ। ट्रम्पले यसअघि पुटिनसँग आफूले प्रत्यक्ष कुरा नगरेसम्म शान्ति वार्तामा ठोस प्रगति नहुने बताउँदै आएका थिए।