Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

क्यानडाबाट भारत हुँदै नेपाल उडेकी रचना जर्मनी पुगेपछि…

 क्यानडाबाट भारत हुँदै नेपाल फर्कने क्रममा रहेकी गायिका रचना रिमाल चढेको जहाज जर्मनीमा आकस्मिक अवतरण भएको छ । यसको जानकारी रचना आफैँले आफ्नो आधिकारिक फेसबुकमार्फत दिएकी छन् ।

उनी क्यानडामा साङ्गीतिक कार्यक्रम सकेर मङ्गलबार भारत हुँदै नेपाल फर्कने क्रममा थिइन् । तर, क्यानडाबाट उडेकी उनी जर्मनी पुगेकी हुन् ।

‘क्यानडाको साङ्गितिक यात्रा सकेर आज एयर इन्डियाबाट नेपाल फर्कने क्रममा छु। क्यानडाबाट भारतमा ल्याण्ड हुनुपर्ने फ्लाईट जहाजमा आएको प्राविधिक समस्याको कारणले गर्दा जर्मनिमा इमरजेन्सि ल्याण्ड भएको छ । केहि समयमा जर्मनिबाट भारत हुँदै नेपाल फर्कने तयारीमा छु । जय पशुपतिनाथ’, उनले फेसबुकमा लेखेकी छन् । 

TOP