डोनाल्ड ट्रम्प साउदीमा, धेरै सम्झौतामा हस्ताक्षर हुने अपेक्षा

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार साउदी अरब पुगेका छन्। त्यहाँ उनले साउदी युवराज मोहम्मद बिन सलमानलाई भेटेका छन्।
ट्रम्प साउदी अरेबिया, कतार र युएईको चार दिने भ्रमणमा निस्किएका हुन्। यो ट्रम्पको दोस्रो कार्यकालको पहिलो प्रमुख कूटनीतिक भ्रमण हो।
उनको भ्रमणका क्रममा अमेरिकामा नयाँ लगानीसँग सम्बन्धित धेरै सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरिएको छ। साउदी अरेबियाले अमेरिकासँग १०० अर्ब डलरभन्दा बढी मूल्यको अमेरिकी हतियार र अन्य सैन्य उपकरण खरिद गर्ने सम्झौता गर्न सक्ने जनाइएको छ ।