Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

हमासले रिहा गर्‍यो अन्तिम अमेरिकी इजरायली बन्धक

 अक्टोबर २०२३ देखि गाजामा बन्धक बनाइएका अमेरिकी इजरायली एडन अलेक्ज्याण्डरको आफ्नो परिवारसँग पुनर्मिलन भएको छ।

अलेक्ज्याण्डरलाई गाजामा १९ महिनासम्म बन्धक बनाइएको थियो। अक्टोबर ७, २०२३ मा हमासले इजरायलमा आक्रमण गरेको थियो। सो समय २१ वर्षीय अलेक्ज्याण्डर गाजा सीमामा रहेको विशेष सैन्य एकाइमा काम गरिरहेका थिए।

एडन अलेक्ज्याण्डरको जन्म इजरायलको तेल अभिभमा भएको थियो तर उनको हुर्काइ अमेरिकाको न्यु जर्सीमा भएको थियो।सोमबार इजरायलले उनको रिहाइ सुरक्षित गर्न गाजामा केही घण्टाको लागि सैन्य कारबाही रोकेको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मंगलबार मध्यपूर्व भ्रमण अघि सम्भावित नयाँ युद्धविराम सम्झौताको बारेमा सकारात्मक सन्देश पठाउन यो रिहाइ गरिएको बीबीसी समाचारमा उल्लेख छ।

अलेक्ज्याण्डर हमासद्वारा हिरासतमा रहेका अन्तिम जीवित अमेरिकी नागरिक मानिन्छन्। राष्ट्रपति ट्रम्पले उनी रिहाइ भएपछि उनको परिवारलाई बधाई दिएका छन्।

हमासले पहिले अलेक्ज्याण्डरको रिहाइको उद्देश्य गाजा पट्टीमा मानवीय सहायता प्रवेश गर्न अनुमति दिने सम्झौता सुरक्षित गर्नु भएको बताएको थियो।

TOP