Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

अमेरिका र चीनबीच व्यापार सम्झौता

अमेरिकाले चीनसँग व्यापार सम्झौता गरेको छ। ह्वाइट हाउसले जेनेभामा भएको यो सम्झौताको घोषणा गरेको हो।यो सम्झौता राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका लागि ठूलो उपलब्धि मानिएको छ।

यसले लामो समयदेखि चलिरहेको व्यापार युद्धलाई कम गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास गरिएको छ। दुवै देशले आज संयुक्त विज्ञप्ति जारी गरेर सम्झौताको विवरण सार्वजनिक गर्ने तयारी गरेका छन्।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टका अनुसार अमेरिका र चीनले व्यापार सम्झौतामा उल्लेखनीय प्रगति गरेका छन्। यस सम्झौताबारे राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जानकारी दिइएको छ। यसको विवरण सोमबार जारी गरिनेछ।

उनले भने, ‘अमेरिका हाल १२०० अर्ब डलरको व्यापार घाटामा छ। यही कारणले गर्दा अमेरिकाका राष्ट्रपतिले शुल्क लगाउने घोषणा गरेका थिए।’

गत महिना ट्रम्प प्रशासनले चिनियाँ सामानमा १४५ प्रतिशत र चीनले अमेरिकी सामानमा १२५ प्रतिशत कर लगाएपछि विश्वका दुई ठूला अर्थतन्त्रबीचको करिब छ खर्ब डलरको द्विपक्षीय व्यापार ठप्प भएको छ। यसले विश्व बजारमा अनिश्चितता बढाएको छ।

यो वार्ता ट्रम्पको दोस्रो कार्यकालमा चीनसँगको पहिलो प्रत्यक्ष भेटवार्ता हो। उनले पदभार ग्रहण गरेदेखि नै विश्वभर कर युद्ध तीव्र बनाएका छन्।

चीनको वाणिज्य मन्त्रालयले यो सम्झौताको प्रस्तावलाई मूल्याङ्कन गरिरहेको उल्लेख गर्दै अमेरिकाले सम्झौताका लागि उच्च कर हटाउनुपर्नेमा जोड दिएको छ। यो सम्झौताले विश्व बजारमा स्थिरता ल्याउने अपेक्षा गरिएको छ। तर कर दरमा ठोस सहमति नभएकोले केही अनिश्चितता कायमै छ।

TOP