Trending

भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाले गर्‍यो आग्रह

भारत र पाकिस्तानबिच जारी युद्धलाई रोक्न अमेरिकाले आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्रालयले दुवै देशले एक अर्कामाथि आक्रमण गर्न बन्द गर्नुपर्ने बताएको छ । युद्धले कुनै समाधान ननिम्त्याउने अमेरिकाले स्पष्ट पारेको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले पत्रकार सम्मेलनमा भनिन्, ‘अमेरिकाको सन्देश हिंसा, सैन्य कारबाही र युद्ध बन्द हुनुपर्छ भन्ने हो। युद्धबाट कुनै पनि समाधान निस्कँदैन भन्नेकुरा मध्य पूर्वबाट प्रमाणित भइसकेको छ ।’

यस्तै ब्रुसले भारत र पाकिस्तान बिचको तनावमा कुनै पनि प्रकारको मध्यस्थता केही खुलाइनन् । पत्रकारहरुले उनलाई भारत–पाकिस्तानबीच मध्यस्थता सम्बन्धी प्रश्न पनि सोधेका थिए । तर उनले भारत–पाकिस्तानबीच कुनै पनि प्रकारको मध्यस्थताको पुष्टि नगरेको र अस्वीकार पनि नगरेको बीबीसीले जनाएको छ ।

तर उनले अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतीय विदेशमन्त्री एस जयशंकर र पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफसँग फोनमा कुराकानी गरेको बताइन् । यस क्रममा रुबियोले दुवै देशका नेताहरूलाई तनाव कम गर्न र हिंसा रोक्न आग्रह गरेका थिए ।

TOP