रोहित शर्माले टेस्ट क्रिकेटबाट लिए सन्यास

भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले टेष्ट क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन्। ३८ वर्षीय रोहितले सामाजिक सञ्जालमार्फत टेष्ट क्रीकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।
उनले भारतका लागि ६७ टेस्ट खेलेका छन् । उक्त खेलमा उनले १२ शतक र १८ अर्धशतकसहित ४३०१ रन बनाएका हुन् । टेष्टमा रोहितले सन् २०१३ मा वेष्ट इन्डिजविरुद्ध डेब्यु गरेका थिए । उनले टी २०आई क्रीकेटबाट भने यसअघि सन्यास लिइसकेका छन् । ओडिआई क्रीकेटमा भने निरन्तरता दिने रोहितले बताएका छन् ।