Trending

भारत र पाकिस्तान वारपारको युद्धमा : कसको शक्ति कति ?

जम्मु तथा कश्मीर क्षेत्रमा सन्दिग्ध चरमपन्थी लडाकुहरूले २६ जनाको हत्या गरिदिएपछि भारत र पाकिस्तान वारपारको युद्धमा उत्रिएका छन् ।

सन् १९४७ मा भारतको विभाजन र पाकिस्तानको स्थापना भएलगत्तै मुस्लिमबहुल कश्मीर क्षेत्रलाई लिएर द्वन्द्व जारी छ र परमाणुअस्त्र भएका यी दुई देशहरूले कश्मीर विवादका कारण दुई पटक युद्ध गरिसकेका छन् । मंगलबार मध्यराती पाकिस्तानमाथि भारतले आक्रमण गरेसँगै यी दुई देशबीच प्रत्यक्ष रुपमा यो तेस्रो युद्ध हुन लागेको हो ।
७ अप्रिलको बिहान अपरेशन सिन्दुर नामबाट भारतले पाकिस्तानका ९ वटा स्थानमा हवाइ आक्रमण गरेको छ । यो आक्रमणले दुई देशबीच फेरि युद्ध सुरु भएको छ ।

यसभन्दा अघिका युद्धमा भारतसँग पराजित भएपछि पाकिस्तान आतंकवादी संगठन जन्माउन बाध्य भएको हो । आतंकवादीमार्फत पटक पटक पाकिस्तानले हमला गर्न थालेपछि भारत युद्धमा उत्रिएको हो । पाकिस्तानले भारतलाई थेग्न सक्ला ? आम चासोको विषय बनेको छ ।

भारत र पाकिस्तानसँग के कति शक्ति छ ? 

भारतसँग साढे १४ लाख सक्रिय सैनिक छन् । जो विश्वको चौथो ठुलो सेना भएको मुलुक भारत हो । पाकिस्तानसँग साढे ६ लाख सेना छन् । 

भारतको रक्षा बजेट ८० अर्ब डलरको आसपास छ । पाकिस्तानको रक्षा बजेट जम्मा आठ अर्ब डलरको आसपास छ । 
                     
सक्रिय र रिजर्भ जनशक्ति

भारतको सक्रिय सैनिक संख्या १४ लाख ५५ हजार ५५० छ । यो संख्याको आधारमा भारत विश्वको चौथो ठुलो सेना भएको देश हो । 

पाकिस्तानको सक्रिय सैनिक संख्या ६ लाख ५४ हजार छ । भारतको रिजर्भ सेना ११ लाख ५५ हजार छन् । जबकि पाकिस्तानको रिजर्व सेना जम्मा ५ लाख ५० हजार छ ।

रक्षा बजेट

कुनै पनि देशको सेनाको शक्तिबारे थाहा पाउन त्यस देशको रक्षा बजेटबारे थाहा पाउनु आवश्य हुन्छ । भारतको रक्षा बजेट २०२४/२५ मा करिब ७४ अर्ब डलर रहेको छ । जुन विश्वको तेस्रो ठूलो रक्षा बजेट हो । पाकिस्तानको रक्षा बजेट भने जम्मा १०.३ अर्ब डलर आसपास रहेको छ । भनेपछि पाकिस्तानको भन्दा भारतको रक्षा बजेट सात गुणाभन्दा बढि छ । 

हवाई शक्ति

भारतसँग २ हजार २२९ वटा विमानहरू छन् । यसमा राफाल जेट्स र एस ४०० वायु रक्षा प्रणाली जस्ता अत्याधुनिक प्रविधिहरू समावेश छन् । 

जबकी पाकिस्तानसँग हवाई शक्ति १ हजार ३९९ विमानहरू मात्र छन् । जहाँ भारतले ५१३ लडाकु विमानहरू सञ्चालनगर्दछ भने यस्ता विमान पाकिस्तानसँग ३२८ वटा मात्र छन् । भारतसँग डेडिकेटेट अटयाक एयरक्राफ्टको संख्या १३०, ८९९ हेलिकप्टरहरू छन् भने जसमा ८० वटा आक्रमणकारी हेलिकप्टरहरू छन्।  यता पाकिस्तानसाँग ९० आक्रमणकारी विमान, ३७३ हेलिकप्टर र ५७ आक्रमणकारी हेलिकप्टरहरू मात्र छन् । 

स्थल सेना

भारतसँग ४ हजार २०१ ट्याङ्क र १ लाख ४८,५९४ बख्तरबन्द सवारीहरू छन् । पाकिस्तानसँग २ हजार ६२७ ट्याङ्क र १७ हजार ५१६ बख्तरबन्द सवारीहरू छन् । 

नौसेना शक्ति

भारतको नौसेना २९३ जहाजहरूमा आधारित छ । जसमा विमानवाहक पोत र परमाणु पनडुब्बीहरू पनि समावेश छन् । पाकिस्तानको नौसेना भने १२१ ज्हाजहरूको साथमा रहेको छ ।

त्यस्तै भारतले दुई वटा विमानवाहकहरू सञ्चालन गर्दछ भने पाकिस्तानसँग एउटा पनि छैन। त्यस्तै भारतसँग १८ वटा पनडुब्बी,१३ वटा विनाशकारी जहाजहरू छन् । तर पाकिस्तानसँग ८ वटा मात्र पनडुब्बी छ । भारतको नौसेना फ्लीटमा १४ वटा फ्रिगेट, १८ वटा कोर्भेट र १३५ वटा गस्ती जहाजहरू पनि छन् । जुन संख्या र प्राविधिक परिष्कार दुवैमा पाकिस्तानका समकक्षीहरूभन्दा धेरै अगाडि छन्। 

परमाणु हतियार

भारतसँग १७२ परमाणु वारहेड्स छन् । पाकिस्तानसँग १७० परमाणु वारहेड्स छन् ।  परमाणु वारहेड्समा पाकिस्तान भारतको हाराहारीमा अर्थात दुई परमाणुको मात्र फरक छ ।  त्यसैले पाकिस्तानले धम्की दिदैँ आइरहेको छ ।

आफूले चाहेको खण्डमा भारतलाई सेकेण्डमै उडाउने धम्की परमाणू शक्तिमा पाकिस्तान बालिरहेको हो । तर, समग्रमा भन्दा सैन्य शक्तिमा पाकिस्तान भन्दा भारत निकै बलियो देखिन्छ ।

भारतको सैन्य शक्ति ठूलो जनशक्ति र उच्च बजेटमा आधारित छ भने पाकिस्तानको रणनीति मुख्यतः परमाणु हतियार र चीनसँगको रणनीतिक साझेदारीमा आधारित छ ।  

TOP