Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

प्रचण्डले संसदमा बोल्दा सत्ता पक्षका सांसदले पनि टेबल ठोकेपछि…

प्रतिनिधिसभा अर्थात संसदको रोष्टमबाट विपक्षी सांसदले बोल्दा सत्ता पक्षका सांसदले टेबल ठोक्दैनन् । किनकी विपक्षी सांसदहरुले सरकारको आलोचना गरिरहेका हुन्छन् । तर, सोमबार संसद बैठकमा फरक दृश्य देखियो ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएकोबारे सरकारको आलोचना गरिरहेका थिए । साथै प्रचण्डले कुलमानलाई समर्थन गरेको झोकमा आफ्नै मन्त्रीलाई पनि निष्कासित गरेर प्रधानमन्त्रीले दम्भ देखाएको बताए ।

प्रचण्डले यसो भन्दै गर्दा राज्यमन्त्रीबाट बर्खास्तीमा परेका कांग्रेस सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले हात उठाए । र, प्रचण्डको समर्थनमा टेबल ठोके । सत्ता पक्षका सांसद कान्छारामले प्रचण्डले बोलेको प्रति समर्थन जनाउदै टेबल ठोकेपछि सत्ता पक्षको लाइनको अगाडि बसेका ओलीको अनुहारमा भने आक्रोश देखिन्थ्यो ।

तर, कान्छारामले झन झन टेबल ठोक्न थालेपछि कांग्रेसकै सांसद पनि आक्रोशित बनेका थिए । प्रधानमन्त्री ओलीले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमानलाई हटाउदा कान्छारामले नहटाउन सुझाव दिएका थिए । तर, ओलीले कुलमानलाई हटाएर आफ्ना नजिकका पात्र हितेन्द्रदेव शाक्यलाई विद्युत प्राधिकरणको निर्देशक बनाए । त्यसपछि भने कान्छाराम सार्वजनिक रूपमै प्रधानमन्त्री ओलीको आलोचनामा उत्रिए ।

आफ्नो आलोचनामा उत्रिएपछि प्रधानमन्त्री ओलीले पनि कान्छारामलाई राज्यमन्त्रीबाट हटाएका हुन् । आफूलाई मन्त्रीबाट हटाएपछि कान्छाराम झनै ओलीको विरोधमा उत्रिएका छन् । अब उनले संसदमा पनि सत्ता पक्षको भन्दा पनि विपक्षले उठाएका एजेण्डामा समर्थन जनाइरहेका छन् । कान्छारामको हर्कतले प्रधानमन्त्री ओलीलाई भने निकै पिरोलिरहेको छ ।

TOP