विदेशी फिल्ममा १०० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी फिल्महरूमा पनि कर लगाउने घोषणा गरेका छन् । उनले विदेशी फिल्महरूमा १०० प्रतिशत कर लगाएका हुन् ।
ट्रम्पले विदेशी चलचित्रहरूमा १०० प्रतिशत कर लगाउने प्रक्रिया सुरु गर्न वाणिज्य विभाग र अमेरिकी व्यापार प्रतिनिधिलाई अधिकार दिइरहेको बताए ।
उनले आफु फेरि अमेरिकामा फिल्महरू बनोस् भन्ने चाहेको लेखेका छन् । जनवरीमा आफ्नो दोस्रो कार्यकाल सुरु भएदेखि नै ट्रम्पले विश्वभरका देशहरूमा कर लगाएका छन्।
उनले अमेरिकी उत्पादकहरूलाई प्रोत्साहन दिनेछ र रोजगारी बचाउने छ । तर उनको निर्णयले विश्व अर्थतन्त्रमा उथलपुथल निम्त्याएको छ।