२०२६ को डीभी लट्रीको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्

अमेरिकाले सन् २०२६ का लागि खुलाएको ईडीभी लट्रीको नतिजा सार्वजनिक भएको छ । अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुसार नतिजा मन्त्रालयको वेवसाइटमार्फत हेर्न सकिनेछ । नेपाली समय अनुसार शनिवार राति ९:४५ बजे नतिजा सार्वजनिक भएकाे हाे ।
विजेताहरुले आगामी अक्टोबर १ देखि भिसा पाउन सुरु गर्नेछन् । उनीहरुले सन् २०२६ को सेप्टेम्बरको अन्त्यसम्म भिसा पाइसक्नुपर्नेछ । विद्यमान कानून अनुसार उक्त अवधिभित्र भिसा नपाउनेहरु स्वतः अयोग्य हुनेछन् । डीभीका लागि कैयन नेपालीहरुले आवेदन दिने गरेका छन् ।
गत वर्षको अक्टोबर २ देखि नोभेम्बर ७ सम्म डिभी लोटरी भरेकाहरूले आफू छनोट भए नभएको हेर्न सक्नेछन् । डिभी परे नपरेको अमेरिकी विदेश मन्त्रालयको वेबसाइटबाट हेर्न सकिनेछ । आफ्नो कन्फरमेसन नम्बर https://dvprogram.state.gov/ESC/CheckConfirmation.aspx मा गई हेर्न सक्ने जनाइएको छ ।