४० वर्षमाथिका खेलाडीहरूबीच डालसमा भलिबल प्रतिस्पर्धा हुँदै

डालसको युलेसमा ४० वर्षमाथिका खेलाडीहरूको भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। ‘नेप स्टार अफ डीएफडब्लु’ र ‘डालस हिमालयन स्पोर्ट्स लायन्स क्लब’ को आयोजनामा हुन लागेको यो प्रतियोगिता आउँदो मे ३ तारिख, शनिबार युलेस फ्यामिली लाइफ सेन्टर, टेक्सासमा हुनेछ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिमलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। विजेता टिमले १२०० डलर र उपविजेता टिमले ६०० डलर नगद पुरस्कार प्राप्त गर्नेछ। साथै, प्रतियोगितामा राष्ट्रिय खेलाडी कैलाश भट्टाले रेफ्रीको भूमिका निर्वाह गर्नेछन्।
४० वर्ष उमेर नाघेका भलिबल खेलाडीहरूको लागि यो प्रतियोगिता विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ। सहभागिताका लागि प्रति टिम १५० डलर प्रवेश शुल्क तोकिएको छ। इच्छुक टिमहरूले दिपक थापा, तेजिन्द्र थापा, किरण पौडेल, गोविन्द गौतम र सहकुल खत्रीसँग सम्पर्क गरी दर्ता गर्न सक्नेछन्।
‘प्रतिस्पर्धा गरौं, कौशल देखाऔं र पुरस्कार जितौँ’ भन्ने नाराका साथ आयोजना गरिएको यो प्रतियोगिताले नेपाली खेलकुद क्षेत्रमै नयाँ ऊर्जा थप्ने आयोजकहरूको विश्वास छ।
