गभर्नर छनोट समितिबाट विजयनाथ भट्टराईले दिए राजीनामा

नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर छनोट गर्न गठित समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएका छन् ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा. डा. विश्वनाथ पौडेल र राष्ट्र बैंकका पूर्वगभर्नर भट्टराई सदस्य रहेको गभर्नर सिफारिस समिति ११ चैत २०८१ मा मन्त्रिपरिषद्ले गठन गरेको थियो ।
भट्टराईले राजीनामा दिए पनि कारण भने खुलिसकेको छैन । गभर्नर छनोट समितिको बैठक एकपटक पनि बस्न सकेको छैन ।
कुनै राजनैतिक दलको सदस्य वा पदाधिकारी रहेको व्यक्ति गभर्नर वा सञ्चालकका लागि अयोग्य हुने व्यवस्था राष्ट्र बैंक ऐनमा छ । तर, सत्तारुढ राजनीतिक दलको कोटामा नै गभर्नर नियुक्त हुँदै आएका पछिल्ला उदाहरण छन् ।