Trending

‘सुहागरात’ नभई दोस्रो पतिसँग डिभोर्स गरेकी अरुणिमा राम्रो केटा पाए तेस्रो विवाह गर्ने सोचमा

 आजभन्दा दुई दशक अगाडिसम्म अरुणिमा लम्साल सुपरहिट नायिका थिइन । अरुणिमाको छुट्टै पहिचान थियो । अरुणिमा दर्शकहरूको मनमा बस्न सफल अभिनेत्री हुन् भन्दा फरक नपर्ला । 

 लामो समयदेखि अमेरिका बस्दै आएकी अरुणिमा केही दिन अगाडि मात्रै आफ्नो दोस्रो पतिलाई डिभोर्स दिन नेपाल आएकी छन् । उनले अदालतमा मुद्दा दायर गरिसकेकी छन् । 

भदौ ३ गते युवराज श्रेष्ठसँग अरुणीमाको मागी विवाह भएको थियो । अरुणीमा र युवराजले लगनगाँठो कसेको ८ महिना पनि भएको छैन । उनीहरु गत भदौ ३ गते काठमाडौंकै राम मन्दिरमा विवाह बन्धनमा बाँधिएका थिए । 

अरुणिमा नेपाल घुम्न आएका बेला आफन्तबाट कुरा आएपछि उनीहरूको भेट भएको थियो । दुवैले एक अर्कालाई मन पराएका थिए । विवाहपछि दुवैजना अमेरिका सेटल हुने योजना थियो । तर, युवराज र अरुणिमाको सम्बन्ध एक वर्ष नपुग्दै अलग हनु पुग्यो ।

युवराजसँग कानुनी प्रक्रियाबाट अलग हुनको लागि अरुणिमा केही दिन अगाडि मात्रै अमेरिकाबाट काठमाडौँ आएकी छन् । उनले दिनुहुँ जसो टेलिभिजनका पत्ररकारहरुलाई अन्तर्वार्ता दिएर डिभोर्सबारे रोचक कुरा गरिरहेकी छन् । अरुणिमाले दोस्रो श्रीमानसँगको सम्बन्धबारे गरेको खुलासा अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

अरुणिमा दोस्रो श्रीमान युवराजसँग विवाह भए पनि शारीरिक सम्बन्ध नभएको बताएकी छन् । उनले बोलेको यो कुरा अहिले निकै भाइरल भइरहेको छ । ‘उहाँले मलाई मूलघरमा भित्र्याउनुपर्छ भनेर भन्नुभएको थियो । तर, मेरो भोलि पल्टै अमेरिकाको फ्लाइट थियो । अब उहाँको मूल घर जानको लागि समय भएन । मन्दिरमा विहेको दिन उहाँ आफ्नो घर जानु भए म मेरो घरमा गए । भोलि पल्ट अमेरिका उडे । उहाँ नेपालमै बस्नु भयो ।  हाम्रो सुहागरात नै भएको थिएन ।’, अरुणिमाले एक टेलिभिजनसँगको अन्तर्वार्तामा भनिन् । त्यस्तै अन्तर्वार्तामा अरुणिमाले श्रीमान युवराज श्रेष्ठले आफूलाई विभिन्न कुराहरू ढाँटेर बिहे गरेको खुलासा गरिन् । त्यस्तै उनले श्रीमानमाथि अमेरिका जानका लागि मात्रै आफूसित बिहे गरेको आरोप लगाइन् । ‘मलाई जीवन साथी बनाउने चाहना उहाँको रहेनछ । खाली मसित बिहे गरेर अमेरिका जाने सोच रहेछ । उहाँको अमेरिका जाने सपना चकनाचुर भयो।’, अरुणिमाले भनिन् ।

तर, अरुणिमाले शारीरिक सम्बन्धबारे भने झुटो बोलेको देखिन्छ । अरुणिमा युवराजको मूल घरमा नगए पनि उनीहरूले काठमाडौँमा विवाहपछि केही दिनसँगै बिताएका थिए । 

विवाहको केही दिनपछि अरुणिमा अमेरिका फर्किएकी हुन् । अरुणीमाको पहिलो विवाह विराटनगरका अमित अर्यालसँग भएको थियो । प्रेम विवाह गरेको उनीहरूको सम्बन्ध १७ वर्ष पछि टुटेको थियो । उनीहरूको एक छोरी पनि छ । 

दोस्रो पतिसँग पनि डिभोर्स गर्न नेपाल आएकी अरुणीमाले डिभोर्स गर्नु सामान्य कुरा भएको बताएकी छन् । त्यस्तै उनले फेरि राम्रो केटा भेटिएको खण्डमा भने आफू तेस्रो विवाहको लागि पनि तयार रहेको बताएकी छन् ।

‘डिभोर्स गर्नु कुनै ठुलो कुरा होइन । मन नमिलेपछि, सम्बन्धमा धरार आएपछि, अरुको इसारामा जिवन जिउनु भन्दा त डिभोर्स गरेर स्वतन्त्र हुनु राम्रो कुरा हो । फेरि पनि म विवाह गर्नु सक्छु । पति भनेको त जिवन चलाउन आधर पनि हो नी । म सँग मिल्ने, अब डिभोर्स गर्न नपर्ने, झुटो नबोल्ने, इमानदार, मलाई माया गर्ने, मलाई सम्मान गर्ने केटा पायो भने फेरि पनि विवाह गर्न तयार छु ।’, अरुणिमाले एक टेलिभिजनको अन्तर्वार्तामा भनिन् ।

पछिल्लो समय कलाकारहरुले विवाह गरेको छोटो समयमै डिभोर्स गर्नु सामान्य जस्तै भएको छ । यसभन्दा अघि गायिका एलिना चौहानले पनि एक वर्ष नबित्दै डिभोर्स गरेकी थिइन । 

TOP