Trending
युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ युएस खबर संवाददाताWSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै युएस खबर संवाददाताआफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी युएस खबर संवाददातापत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी

सरकारको विकल्प खोज्ने पक्षमा छैनौँ, तर ट्याक्टरको गतिमा चल्यो : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेस सरकारको विकल्पमा नरहेको स्पष्ट पारेका छन् ।

थापाले सरकारको विकल्प नखोजिएको स्पष्ट पार्दै गतिका सम्बन्धमा व्यापक असन्तुष्टि रहेको बताए । मंगलबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले भने, ‘पार्टी सरकारमा छ । जस्तो पर्फम गर्नुपर्ने हो गर्न सकेको छैन । त्यसले सिर्जना गरेको असन्तुष्टि छ ।’

उनले अहिले पनि कांग्रेसको नेता कुनै ठाउँमा उभिँदा जनताले भरोसा गर्नुपर्ने अवस्था देखिनुपर्नेमा त्यस्तो नभएको बताए । ‘कांग्रेसले देशलाई भरोसा दिन सक्छ कि सक्दैन, जे जति गुनासा छन् सम्हाल्छौं भनेर भन्न सक्नुपर्छ । कांग्रेसको नेता उभिँदा जनताले भरोसा गर्नुपर्छ,’ उनले भने ।

उनले सरकारको गति ठिक नभएको तर विकल्प भने नखोजिएको बताए । ‘सरकारको गति नै भएन । ट्याक्टरको गतिमा गयो । एमालेसँग मिलेर सरकारमा गएपछि सरकारमा पनि तुरुन्त काम गर्न सक्छौँ । गभर्नेन्समा खास सुधार गर्छौं भनेको थिएँ । तर अहिले त्यस्तो देखिएन’, थापाले भने ।

महामन्त्री थापाले नागिरिकले द्रूत गतिमा काम चाहेको तर सरकारले डेलिभरी गर्न नसकेको टिप्पणी गरे । ‘‘मलाई बिस्तारै के कुरा लाग्न थालेको छ भने देशलाई अंकडको स्पिड चाहिएको छ तर सरकार ट्याक्टरको स्पिडमा छ ।’

कांग्रेस–एमाले गठबन्धनको सरकारको जिम्मेवारीमा नरहेरै सहयोग गर्न तयार भएको स्मरण गराउँदै उनले तर आफूले जोतिएर सरकारलाई सहयोग गर्दा पनि नागरिक सन्तुष्ट हुने काम नभएको बताए ।

सरकारले काम गर्न नसक्दा पार्टीको तल्लो तहको समर्थकमा पनि निराशा छाउने अवस्था आएको बताउँदै उनले खबरदारीको गर्नुपरेको बताए । तर, यसको अर्थ राजनीतिक विकल्प खोज्ने भन्ने नभएको उनको भनाइ छ ।

TOP