शिक्षकहरूले कक्षा १२ को परीक्षा सञ्चालन वहिष्कार गर्ने

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत नेपाल शिक्षक महासङ्घले आफ्नो आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ। महासङ्घको सोमबार बसेको बैठकले कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने र देशभरका विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ।
आन्दोलनरत महासंघले कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने भएको छ । महासंघले कक्षा १२ को परीक्षा सञ्चालन वहिष्कार गर्ने निर्णय गरेको छ ।
कक्षा १२ को परीक्षा ११ वैशाखदेखि सुरु हुँदैछ । नयाँ शैक्षिक सत्र पनि सुरु भएको छ । सरकारले भर्ना अभियान घोषणा गरे पनि महासंघले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले कक्षा १२ को परीक्षामा कुनै पनि शिक्षक कर्मचारी सहभागी नहुने र देशभरका विद्यालयहरू बन्द गर्ने निर्णय भएको जानकारी दिए ।