एमालेले भन्यो- सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो चितवनमा नयाँ वर्षसँगै सरकार फेरिने भनेर दिएको अभिव्यक्ति एमालेले खारेज गरेको छ ।
च्यासलमा भर्खरै सकिएको केन्द्रीय सचिवालय बैठकले प्रचण्डको सरकार परिवर्तनको भनाइ सत्ताबाहिर हुँदाको कुण्ठा र पीडा भएको निचोड निकालेको हो ।
बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘प्रचण्डले फेरि सरकार परिवर्तनको हल्ला गरिरहनुभएको छ । यो सरकार बाहिर हुँदाको कुण्ठा र पीडाबोध प्रकट हुन्छ । अहिले सरकार परिवर्तन न कतैबाट सम्भवन र सान्दर्भिकता छ न औचित्य छ । राष्ट्रिय राजनीतिको यावत् कुरा छाडेर सरकार परिवर्तनको कुरामात्र गर्नु भनेको सत्ता मोहबाहेक केही होइन । भ्रम सिर्जना गर्ने कोसिस भएको छ त्यसलाई हामीले खण्डन गरेका छौं ।’