Trending
युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ युएस खबर संवाददाताWSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै युएस खबर संवाददाताआफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी युएस खबर संवाददातापत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी

युक्रेनको सुमी सहरमा रुसको भयानक हमला, ३४ जनाको मृत्यु

युक्रेनको सुमी सहरमा रुसले भीषण हमला गरेको छ । हमलामा परी बालबालिकासहित कम्तिमा ३४ जनाको मृत्यु भएको छ । १०० भन्दा बढी घाइते भएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार आइतबार बिहान सवा १० बजेतिर ब्यालिस्टिक मिसाइलमार्फत् रुसले आक्रमण गरेको हो । त्यतिबेला प्रार्थनाको समय चलिरहेको थियो, बालबालिकाहरु सडकमा खेलिरहेका थिए ।

मिसाइलहरु सुमी राज्य विश्वविद्यालय, त्यसको सम्मेलन केन्द्र, सडक लगायतका स्थानमा खसेका थिए । आक्रमणबाट पाँच वटा अपार्टमेन्ट, चार वटा शैक्षिक संस्था, क्याफे तथा पसलहरू गरी २० वटा भवन क्षतिग्रस्त भएका छन् । सडक ध्वस्त भएका छन् । १० वटा कार र ट्रामहरू पनि जलेका छन् ।

सीएनएनका अनुसार ५२ वर्षीया एक महिलाले भनेकी छन्, ‘मेरी आमाले खाना बनाइरहेकी थिइन् । अचानक विष्फोट भयो । एउटा बाकस मेरी आमाको टाउकोमाथि खस्यो । रगत बग्न थाल्यो । उनी अहिले अस्पतालमा छिन् ।’

बीबीसीका अनुसार रुसले युक्रेनमा गरेको यो आक्रमण सन् २०२५ कै ठूलो हो । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसको निन्दा गर्दै अन्य राष्ट्रहरूलाई आक्रमणको विरोध गर्न अपिल गरेका छन् ।

यसअघि करिब १५ दिन अगाडि साउदी अरबमा भएको १२ दिन लामो वार्तामा रुस र युक्रेनबीच ब्ल्याक सीमा युद्धविराम गर्ने सहमति भएको थियो ।

TOP