Trending
युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ युएस खबर संवाददाताWSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै युएस खबर संवाददाताआफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी युएस खबर संवाददातापत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी

रास्वपाको नयाँ वर्षको शुभकामना- हाम्रो नेतृत्वविरुद्धको प्रतिशोध नयाँ सोचमाथिकै प्रहार हो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजनीतिमा पुरातन सोच राख्नेहरुले रास्वपाको मूल नेतृत्वविरुद्ध प्रतिशोध साँधेको आरोप लगाएको छ। 

नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले नागरिकले रास्वपामार्फत् व्यक्त गरेको आशा र अपेक्षाप्रति नियोजित रुपमा घेराबन्दी बढाइएको बताएका छन्। 

‘राजनीतिको पुरातन सोचविरुद्ध नागरिकले रास्वपामार्फत् व्यक्त गरेको आशा र अपेक्षाप्रति नियोजित रुपमा बढाइएको घेराबन्दी र राजनीतिक स्वार्थका आधारमा रास्वपाको मूल नेतृत्वविरुद्ध साँधिएको प्रतिशोध एउटा दल र नेताप्रति गरिएको कुकर्म मात्र होइन, समग्र देशको रुपान्तरण गर्ने नयाँ सोच र प्रतिबद्धता माथिकै घातक प्रहार हो,’ शुभकामना सन्देशमा अर्यालले भनेका छन्, ‘यो प्रहारविरुद्ध न्यायप्रेमी नागरिकले सुरु गरेको प्रतिवादको हामी सम्मान गर्दछौँ।’

TOP