Trending
युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ युएस खबर संवाददाताWSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै युएस खबर संवाददाताआफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी युएस खबर संवाददातापत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी

अमेरिकामा हेलिकोप्टर नदीमा खस्यो, ६ जनाको मृत्यु

अमेरिकाको न्यूयोर्कमा बिहीबार हडसन नदीमा हेलिकप्टर दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तीन बालबालिका, एक पाइलट र स्पेनका एकै परिवारका २ सदस्यहरू रहेका छन्। 

न्यूयोर्क शहरको अग्नि नियन्त्रण विभागले हेलिकप्टर दिउँसो ३:१५ बजेतिर वेस्ट ह्युस्टन स्ट्रिट र वेस्ट स्ट्रिटको पियर ४० नजिकै दुर्घटनाग्रस्त भएको जनाएको छ। 

बेल २०६एल-४ लङरेन्जर ४ हेलिकोप्टर दुर्घटना भएको हो। उक्त हेलिकप्टर पर्यटकहरूलाई शहरको हवाई दृश्य दिन परिचालन गरिएको थियो। हेलिकोप्टर मानिस बोकेर तल्लो म्यानहट्टनबाट उडेको थियो।

यो स्ट्याचु अफ लिबर्टीको वरिपरि घुम्यो र त्यसपछि हडसन नदीको उत्तरतिर जर्ज वाशिंगटन पुलतिर लागेको थियो। त्यसपछि दक्षिणतिर मोडिएर न्यु जर्सी नजिकै नदीमा खसेको थियो। दुर्घटनामा परी हेलिकोप्टरमा सवार सबै जनाको मृत्यु भएको जनाइएको छ।
 
दुर्घटनापछि लोअर म्यानहट्टन र जर्सी सिटी बीचको नदीको दुवै किनारमा आपतकालीन अपरेशन गरिएको थियो। 

TOP