Trending
युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ युएस खबर संवाददाताWSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै युएस खबर संवाददाताआफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी युएस खबर संवाददातापत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी

कुवेतमाथि नेपालको सानदार जित

 नेपालले हङकङमा जारी चारदेशीय टी-२० आई सिरिजमा लगातार दोस्रो जित दर्ता गरेको छ । आज बिहान भएको खेलमा नेपालले कुवेतमाथि ६ विकेटको रोमाञ्चक जित निकालेको हो ।

पहिलो खेलमा बुधबार नेपालले कतारलाई आठ विकेटले पराजित गरेको थियो । कुवेतले दिएको १८६ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो ।

नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले उत्कृष्ट इनिङ खेले । कुशलले ५० बलमा ६ चौका र ६ छक्काको मदतमा ८१ रनको अर्धशतकीय पारी योगदान गरे । यस्तै, ३८ बलमा ४ छक्काको मदतमा ५३ रन जोडे ।

ओपनरद्वय नै आउट भएपछि खेल कुवेततिर ढल्किएको थियो । तर, दीपेन्द्रसिंह ऐरीले १२ बलमै ३१ रन जोडेर नेपाललाई जिततर्फ फर्काएका थिए । सो क्रममा उनले २ चौका र ३ छक्का प्रहार गरे ।

त्यसपछि क्रिज सम्हाल्न आएका गुलसन झाले ३ बल खेलेर २ चौकाको मदतमा ९ रन जोडे । त्यसअघि नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको कुवेतले निर्धातिर २० ओभरमा ८ विकेट गुमाउँदै १८५ रन जोडेको हो । कुवेतका ओपनर क्लिन्टो एन्टोले ३० बलमा ४ चौका र २ छक्काको मदतमा ४१ रन जोडे । यसैगरी अर्का ओपनर रविजा सन्दारुवान १५ बलमै २६ रन बनाएर आउट हुँदा मिट भावासरले ३५ रन जोडे ।

विलाल ताहिरले १३ बलमा ४ छक्काको मदतमा ३२ रन जोड्दा कप्तान मोहम्मद अस्लाम १७ रनमा समेटिए । बलिङमा नेपालका सोमपाल कामीले ३ विकेट लिए भने नन्दन यादवले २ विकेट तथा कुशल भुर्तेल र ललित राजवंशीको नाममा एकएक विकेट रह्यो ।

यो चारदेशीय टी–२० आई सिरिजको तेस्रो खेल हो ।  सिरिजमा प्रत्येक टोलीले प्रत्येकसँग खेल्नेछ । शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् ।

TOP