औषधिमा पनि भन्सार लगाउने ट्रम्पको घोषणा

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अब औषधिमा पनि कर (आयात शुल्क) लगाउने बताएका छन्।
बीबीसीका अनुसार वासिङ्टन डीसीमा आयोजित एक कार्यक्रममा भाषण दिँदै उनले औषधिमा पनि भन्सार शुल्क तोक्ने घोषणा गरेका हुन्।
उनले भने, ‘हामी आवश्यक कदम चाल्दै छौँ। जब हामी औषधिमा शुल्क लगाउँछौँ, विदेशी कम्पनीहरू अमेरिकामा औषधि उत्पादन गर्न फर्कनेछन्, किनभने अमेरिका सबैभन्दा ठूलो बजार हो।’
ट्रम्पले यसले औषधि कम्पनीहरूमा दबाब पर्ने दाबी गरेका छन्। जसका कारण ती कम्पनीले चीनजस्ता देशबाट आफ्नो व्यवसाय सार्नेछन् र अमेरिकामा कारखाना स्थापना गर्ने उनको विश्वास छ।