Trending
युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ युएस खबर संवाददाताWSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै युएस खबर संवाददाताआफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी युएस खबर संवाददातापत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी

प्रदूषित सहरको सूचीमा काठमाडौँ पहिलो स्थानमा कायमै

विश्वकै प्रदूषित सहरको सूचीमा काठमाडौँ बुधबार पनि शीर्ष स्थानमा कायमै रहेको छ । बुधबार बिहान ६ः४५ बजेको मापन अनुसार काठमाडौँ आईक्यू एयरको सूचीको शीर्ष स्थानमा रहेको हो ।

यद्यपि, मंगलबारको तुलनामा प्रदूषण भने केही कम भएको छ । मंगलबार बिहान ७ बजेको मापनमा काठमाडौँको एक्यूआई २६२ थियो ।बुधबार घटेर १ सय ८४ सम्म पुगेको छ । यद्यपि, यसलाई पनि स्वास्थ्यको दृष्टिकोणले खराब नै मानिन्छ । ५० सम्मको एक्यूआईलाई मात्र स्वस्थ मान्ने गरिएको छ ।

हावामा पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा २०.४ गुणा बढी रहेको छ । वायु प्रदूषण उच्च भएसँगै काठमाडौँमा बिरामीको संख्या पनि बढेको छ । विज्ञहरूले बाहिर व्यायाम नगर्न, मास्क लगाउन तथा झ्यालहरू बन्द गरेर बस्न सुझाव दिएका छन् ।

काठमाण्डु पछि भारतको नयाँ दिल्ली दोस्रो तथा चीनको वुहान तेस्रो स्थानमा रहेको छ । त्यसपछि शीर्ष १० स्थानमा क्रमशः युगान्डाको कामपाला, इन्डोनेसियाको जकार्ता, इराकको बगदाद, भियतनामको हानोई, चीनको छेङ्दु, पाकिस्तानको लाहोर र चीनको सांघाई सहर रहेका छन् ।

TOP