Trending
युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ युएस खबर संवाददाताWSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै युएस खबर संवाददाताआफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी युएस खबर संवाददातापत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी

आज विश्व स्वास्थ्य दिवस, नेपालमा पनि मनाइँदै

आज अप्रिल ७ अर्थात विश्व स्वास्थ्य दिवस, नेपालमा पनि मनाइँदैछ । ‘स्वस्थ सुरुवात, आशावादी भविष्य’यो वर्षको नारा रहेको छ । विश्व स्वास्थ्य संगठनको स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ का दिन यो दिवस मनाइन्छ ।

स्वास्थ्य प्रवर्द्धन गर्न, विश्वलाई सुरक्षित राख्न र जोखिममा परेकाहरूलाई स्वास्थ्य सेवा प्रदान गरी सबैका लागि गुणस्तरीय र पहुँच योग्य स्वास्थ्य सेवाका विषयमा ध्यानाकर्षण गर्ने मुख्य उद्देश्यसहित यो दिवस मनाउने गरिन्छ ।

यस वर्ष दिवसमा मातृ तथा नवजात शिशुको स्वास्थ्यमा जोड दिइएको छ । विश्व स्वास्थ्य संगठनले मातृ तथा नवजात शिशु स्वास्थ्य सम्बन्धी एक वर्ष लामो अभियान सुरु गर्ने जनाएको छ ।

अभियानले मातृ तथा नवजात शिशु मृत्यु अन्त्य गर्न र महिलाको दीर्घकालीन स्वास्थ्य र कल्याणलाई प्राथमिकता दिने प्रयासहरू तीव्र पार्न आग्रह गर्नेछ । प्रत्येक वर्ष करिब ३ लाख महिलाहरूले गर्भावस्था वा बच्चा जन्माउने क्रममा आफ्नो ज्यान गुमाउने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

यस्तै विश्वमा २० लाखभन्दा बढी शिशुहरू जन्मेको पहिलो महिनामै मर्ने र लगभग २० लाख थप मृत जन्मिने गरेको तथ्यांक छ । नेपाल सरकारले दिगो विकास लक्ष्य अनुरुप सन् २०३० सम्ममा नवजात मृत्युदर प्रतिहजार जीवित जन्ममा १२ वा सोभन्दा कम र २०३५ मा १० भन्दा कममा ल्याउने प्रतिबद्धता जनाएको छ ।

TOP