गाजामा १५ मेडिकल स्टाफ मारिएकामा इजरायलद्वारा गल्ती स्वीकार

इजरायली सेनाले मार्च २३ मा दक्षिणी गाजामा १५ जना आपत्कालीन मेडिकल कर्मचारी मारिएकामा गल्ती स्वीकार गरेको छ।
त्यस दिन प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटी एम्बुलेन्स, संयुक्त राष्ट्रसंघको कार र गाजा सिभिल डिफेन्स फायर ट्रकमा रफाहनजिकै गोली हानिएको थियो।
त्यतिबेला इजरायलले उनीहरू हेडलाइट वा फ्ल्यास बत्तीबिनै अन्धकारमा ुशंकास्पद रूपमाु हिँडिरहेको देखेपछि आफ्ना सेनाले आक्रमण गरेको दाबी गरेको थियो।
तर मारिनुअघि एकजना मेडिकल स्टाफले आक्रमणका क्रममा आफ्नो मोबाइलमा भिडियो बनाएका थिए। जसमा गाडीहरूको बत्ती बालेको देखाइएको छ।
इजरायल डिफेन्स फोर्स ९आईडीएफ० ले तीमध्ये कम्तीमा ६ जना मेडिकल स्टाफ हमाससँग सम्बन्धित रहेको दाबी गरेको छ तर अहिलेसम्म कुनै प्रमाण दिएको छैन।
इजरायलले आफ्ना सैनिकले गोली चलाउँदा उनीहरू निस्शस्त्र रहेको स्वीकार गरेको छ। शनिबार साँझ पत्रकारहरूलाई ब्रिफिङ गर्दै एक आईडीएफ अधिकारीले सैनिकहरूले पहिले कारमा गोली हानेको र त्यसमा तीन जना हमास सदस्य रहेको दाबी गरे।
जब एम्बुलेन्सहरू उनीहरूलाई मद्दत गर्न आइपुगे, हवाई अनुगमनकर्ताहरूले स्थलगत सेनाहरूलाई उनीहरूको टोली ‘संदिग्ध रूपमा हिँडिरहेको’ सूचना दिए।
ती आईडीएफ अधिकारीका अनुसार जब एम्बुलेन्स हमासको कारनजिकै रोकियो तब इजरायली सिपाहीहरूले आफू खतरामा सोची गोली चलाए। जहाँ आपत्कालीन टोलीका कुनै सदस्यसँग हतियार रहेको प्रमाण थिएन।
इजरायलले यसअघि दिएको जानकारी गलत भएको स्वीकार गरेको छ।