Trending
युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ युएस खबर संवाददाताWSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै युएस खबर संवाददाताआफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी युएस खबर संवाददातापत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी

अफगानिस्तानबाट ५ लाख अमेरिकी हतियार गायब

तालिबान शासित अफगानिस्तानबाट ५ लाख थान अमेरिकी हतियार गायब भएको समाचार बाहिर आएको छ ।
 हराएका हतियारमध्ये केही अल कायदाका लडाकुसम्म पुगेका छन् ।

तस्करीको माध्यमबाट ती हतियार आतंकवादी संगठनहरुसम्म पुगेको अनुमान संयुक्त राष्ट्रसंघको छ । एक पूर्व अफगानी अधिकारीले बिबिसीलाई बताए अनुसार तालिबानले सन् २०२१ म अफगानिस्तानमाथि पुनः नियन्त्रणमा लिने बेला १० लाख सैन्य हतियार बुझेका थिए । ती अधिकांश हतियार अमेरिकाको आर्थिक सहायतामा खरिद गरिएका थिए ।

अमेरिकामा निर्मित एम फोर,एम १६ राइफलहरू थिए । त्यसबेला अफगानी सैनिक हतियार छाडेर भागेका थिए । गत वर्ष दोहामा राष्ट्रसंघीय सुरक्षा परिषदको प्रतिबन्ध समिति बैठकमा तालिबान अधिकारीले आफूहरूले सत्तामा आउने बेला बुझेका १० लाखमध्ये ५ लाख हतियार हराएको स्वीकार गरेका थिए ।

राष्ट्रसंघले गत महिना जारी गरेको एक रिपोर्टमा अल कायदासँग सम्बन्धित संगठनले कालो बजारीबाट ती हतियार किनेको उल्लेख गरेको छ । यसमा पाकिस्तानको तहरिक ए तालिबान,उज्बेकिस्तानको इस्लामिक मुभमेन्ट,इस्ट तुर्किस्तान इस्लामकि मुभमेन्ट र यमनको अन्सरुल्लाह मुभमेन्टजस्ता संगठनहरु पर्छन् ।

TOP